सुचना, समाचार र मनोरन्जन

अमेरिकाको टेक्ससमा पाँचौ ‘ग्लोबल फिल्म अवार्ड’ गरिदै

काठमाडौ । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । राजधानीमा भएको एक कार्यक्रमका बीच सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुने भएको हो ।

कोरोनाका कारण दुई वर्ष यता यो अवार्ड हुन सकेको थिएन । आठ वर्ष अघि स्थापना भएको ग्लोबल नेपाली फिल्म अवार्ड कोरोना महामारी कम भएपछि फेरि सुचारु गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

मंगलबार भएको कार्यक्रममा ‘एटिए एभरेष्ट इन्स्यूरेन्स’को प्रायोजन र नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) को आयोजनामा हुन लागेको हो । आयोजकका अनुसार यस अवार्ड कार्यक्रममा सफल नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मान, अमेरिकामा रहेका फिल्मकर्मीलाई प्रोत्साहन तथा सम्मान, भुटानी कलाकर्मीलाई सम्मान गरिने छ ।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले अवार्ड कार्यक्रममा भुटानी फिल्महरुबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई पनि अवार्ड प्रदान गरिने बताए । ‘ग्लोबल फिल्म अवार्ड’ लाई शुभकामना दिनका लागि नीर शाह, शिव श्रेष्ठ, करिश्मा मानन्धर, अशोक शर्मा, उज्जवल घिमिरे, आर्यन सिग्देल, रविन्द्र खड्का, सरिता लामिछाने, अर्जुन पोखरेल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कमेन्ट्स
Loading...