सुचना, समाचार र मनोरन्जन

ग्लोबल आइएमई बैंकको एटिएम सेवा उदयपुर जिल्ला अदालतमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ ।

उक्त एटिएम सेवा उदयपुर जिल्ला अदालतका माननिय न्यायधीशद्वय दीपक खनाल र मनोज केसीले संयुक्तरुपमा उद्घाटन गरे । बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६ वटा एटिएम, २०१ वटा  शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

कमेन्ट्स
Loading...