काठमाडौँ :
गायक तथा संगीतकार संजीव पुडासैनीको लोकपप गीत ‘गुन्द्रुकको झोलमा’को भिडियो सार्वजनिक भएको छ। लोक समावेशीको शब्द, संगीत रहेको गीतको भिडियोमा संजिव र चिज गुरुङको अभिनय छ।
प्रेमीकालाई नगरकोट घुम्न जान अफर गरिएको रमाइलो गीतमा सासु, ससुराले लगाउने पोषकदेखि अहिलेको चलनको बारेमा समेत गीतले बोलेको छ ।
शैलेन्द्र बाबु प्रधानको एरेन्ज रहेको गीतको छायांकन रोहन शेर्पाले गरेका हुन् भने भिडियोको सम्पादन गायक स्वयमले गरेका हुन् । गायक पुडासैनीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।