काठमाडौं :
प्रेम कथानक फिल्म ‘गुञ्जन’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौंस्थित ए वान सिनेमाज् हलमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर रिलिज गरिएको हो । फिल्मको ट्रेलरमा फिल्मले वियोगान्त प्रेमको कथा भन्छ । आफ्नै साथीले पनि धोका दिन्छ भन्ने कुरा फिल्मको ट्रेलरमा झल्काइएको छ ।
कार्यक्रममा उपस्थित भएका पत्रकार तथा फिल्मकर्मीले ट्रेलरको बयान गरेका थिए । उनीहरुले फिल्मको अघिल्लो ट्रेलर भन्दा यो बेष्ट बनेको भन्दै निर्माण टिमलाई बधाई दिए । फिल्मको नामबाट धेरै प्रभावित बनेको समेत हलमा सुनिएको थियो ।फिल्ममा एक्सन निर्देशकका रुपमा कहलिएका अष्टमान महर्जनले फिल्मलाई निर्देशन गरेका छन् ।

दुई मिनेट ४६ सेकेण्ड लामो ट्रेलरमा ड्रामा, एक्सन र बदलाको कथा प्रस्तुत गरिएको छ । जहाँ फिल्मकी मुख्य पात्रा सारा श्रीपाली, प्रीतमराज सेन्चुरी र कबीर खड्काबीचको अभिनयले दर्शकको छुन सकेको छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङ्तान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आईपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।
यहि फिल्मबाट निर्माताका रुपमा हीराकृष्ण शाही र सुनिता शाही भित्रिएका छन् । ए एच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्म यहि पुस २९ गते फिल्म प्रदर्शन हुँदैछ ।