काठमाडौं :
फिल्मका कारखानाका रुपमा चर्चित निर्देशक मिलन चाम्सद्धारा नवौं निर्देशित फिल्म ‘गोर्खा वारियर’को टिजर सार्वजनिक भएको छ । काठमाडौंमा बिहिबार एक कार्यक्रममा बीच फिल्मको टिलर रिलिज गरिएको हो ।फिल्ममा सन् १९४९ मा भएको मलाया भएको युद्धलाई देखाउन खोजिएको छ । जहाँ नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीका साथ युद्ध लडेका थिए ।
सार्वजनिक भएको १ मिनेट ३ सेकेन्डको टिजरले हलिउड स्टायलको बनेको देख्न सकिन्छ । कार्यक्रममा उपस्थित धेरैले फिल्मको टिजरलाई मन पराएका थिए । उनीहरुले हलिउडको झल्को दिएको समेत टिप्पणी गरेका थिए । भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, सिनेम्याट्रोग्राफी तथा कलर ग्रेडिङ प्रशंसनीयका साथै फिल्म फिल्म जस्तो भएको सहजै अनुभुत गर्न सकिन्छ ।
निर्देशक चाम्सका अनुसार फिल्म नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा प्रदर्शन हुन लागेको हो । फिल्मको प्रदर्शन मिति यहि महिनामा नभनिएता पनि सन् २०२३ मा रिलिज हुने जानकारी निर्माण टिमले दिए । यहि फिल्मलाई केहि महिनापछि बेलायतमा १० हजार दर्शकको उपस्थितिमा प्रिमियर गर्न लागिएको समेत निर्देशक चाम्सले बताए ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ ।
फिल्मको निर्माता सुस्मिता वाइवा र सुमन राई रहेका छन् । त्यस्तै प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुरेश राई छन् ।
फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी रहेको छ भने हिमाल केसीको द्वन्द्व निर्देशन, समिर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’को गीत रचना, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन छ ।
फिल्म नेपाल र नेपाल बाहिर खिचिएको हो । गीतकार शैलेन्द्र खनाल ‘शरद’ सशस्त्र प्रहरीका पुर्व आइजिपी हुन् ।
