सुचना, समाचार र मनोरन्जन

संसदको पहिलो बैठकबाटै एमसीसी र वाइडबडी खरिदजस्ता भ्रष्टाचारको भण्डाफोर गर्ने ज्ञानेन्द्र शाहीको तयारी

काठमाडौं : 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्लाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने उदघोष गरेका छन्।

जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताएका हुन् ।

उनले आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्नेसम्मको अभिव्यक्ती दिए । उनले अबको लडाई भ्रष्टचार विरुद्धको रहेको उल्लेख गर्दै भ्रष्टचार गर्नेलाई जेल कोच्ने बताए ।

उनले भने,‘अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ । अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भनेपनि कठघरामा उभ्याउनेछु ।’

शाहीले यस अघि पटक पटक भ्रष्टचारीको विरोध गर्दै आएका छन् । उनले भ्रष्टचारको विरोध गर्दा विभिन्न राजनितिक दल तथा राज्यबाट कुटाई खादै आएका थिए । अहिले माननिय बनेपछि उनले यहि विषयलाई अगाडी बढाएका छन्। शाही जुम्लाबाट अत्यधिक बहुमतका साथ विजयी भएका हुन् ।

कमेन्ट्स
Loading...