काठमाडौं :
समसामयिक बिषयवस्तुलाई समेटेर निर्माण तथा प्रसारण हुदै आईरहेको हास्य सिरियल ‘रिटार हल्दार’का युनिटले २५ औं श्रृंखला सफलतापूर्वक पार गरेको छ । यसैको खुशियालीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले आफ्ना दर्शकलाई धन्यवाद दिदै आपसमा खुशि साटासाट गरेको छ।
मिटिभि च्यानलबाट प्रसारण हुँदै आएको लोकप्रिय सिरियल ‘रिटार हल्दार’ मा विष्णु सापकोटा, स्वीकृति खरेल, पिताम्बर आचार्य, पुष्प आचार्य, लक्ष्मी तिमल्सिना, शिव शर्मा, गीता वली, प्रेम खतिवटा, रक्षा सापकोटा, मधुर वस्नेत, सागर परियार, रामकाजी घिमिरे, विनोद परियार, सन्तोष पौडे, प्रेम श्रेष्ठ आदिको अभिनय रहेको छ । विष्णु सापकोटाको निर्माण, परिकल्पना रहेको ‘रिटार हल्दार’का निर्देशक भद्र भुजेल हुन् ।