सुचना, समाचार र मनोरन्जन

हाम्रो जन्मभूमि संस्थाद्धारा सिन्धुपाल्चोक हेलम्वुका बाढी पीडितहरुलाई सहयोग

  •  
  •  
  •  
  •  

पोखरा /

हाम्रो जन्मभूमि संस्थाद्धारा सिन्धुपाल्चोक हेलम्वुका बाढी पीडित करिव ४० घर परिवारलाइ लाई सहयोग गरेको छ । असार १ गते हेलम्बु गाउँपालिकामा वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र आएको बाढीमा परि क्षति पुगेका परिवारलाई देश तथा विदेशमा रहेका विभिन्न सामाजिक संघसस्थाहरुले सहयोग गरिएको हो ।

उक्त संस्थाले हेलम्वु गाउपालिका वडा नं. ७ को चनौटे वजार लगायत आसपासका करिव ४० घर परिवारलाई एक वोरा चामल ,२ लिटर तेल, २ केजी दाल २ केजी चिनि , १५ केजी चिउरा, नुन, तेल, चियापक्ती, सावुन लगायत विभिन्न सामानहरु उपलब्ध गराएको छ । संस्थाका उपाध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले गाउका स्थानीय जनप्रतिनिधि वडा सदस्य जित वहादुर तामाङ, कार्यपालिका सदस्य लक्ष्मी सुनुवार, स्थानिय स्वयमसेवक सोम तामाङ् र प्रहरीको रोहवरमा बाढीपीडित परिवारलाई राहत वितरण गरिएको हो ।

उक्त सामाग्री वितरण कार्यक्रममा हाम्रो जन्मभूमिका सस्थाका सचिव सुमन श्रेष्ठ,सन्चालक समितिका सदस्य नारायण श्रेष्ठ साथै सस्थाका सल्लाहाकार तथा फोटोपत्रकार सागर श्रेष्ठको सहाभागीता रहेको थियो ।

संस्थाले करिव २ लाख वरावरको रकमको राहत सामाग्री वितरण गरेको थियो । विधिवत रुपमा दर्ता भई संचालनमा रहेको गैरनाफामुलक सामाजिक सस्थाले छोटो समयमा नै सामाजिक क्रियाकलापमा आफुलाई सक्रिय बनाउँदै आएको छ ।

कमेन्ट्स
Loading...