एजेन्सी । केही मानिसहरू असाध्यै बढी रक्सी पिउँछन् । अनि ह्याङओभरका कारण टाउको पनि समातिरहेका भेटिन्छन् ।
रक्सीको ह्याङओभरले हैरान बनाए यी उपाय अपनाउनुस् :
रक्सी पिउँदा शरीरमा अम्लको मात्रा बढ्छ । यसकारण धेरै थकाइ लाग्छ र सुस्त भइन्छ । यस्तो स्थितिमा दूध वा दही पिउँदा रक्सीको नशा कम हुन्छ ।
मनतातो पानीमा कागती र नुन हालेर पिउँदा पनि रक्सीको नशा उत्रिन्छ ।
रक्सी पिएपछि टाउको दुख्ने, बान्ता लाग्ने र चक्कर आउने भएमा तत्कालै मह चाट्नुस् । बिस्तारै ह्याङओभर पनि उत्रिन्छ ।
सुन्तलाको रसमा भएको भिटामिन ‘सी’ले चक्कर लाग्न दिँदैन । अनि रक्सीको नशा पनि उत्रिन्छ ।
अदुवा हालेको चिया पिउँदा टाउको दुखेको कम हुन्छ । अनि रक्सी पचाउन पनि अदुवा चियाले मद्दत गर्छ ।
