सुचना, समाचार र मनोरन्जन

‘हनी बनी’मा अनमोलको साटो भित्रिए भारतीय मोडल अभिमन्यु

काठमाडौं :

दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’मा भारतीय मोडल तथा अभिनेता अभिमन्यु तोमारलाई भित्राएका छन् । निर्देशक भट्टराईले बलिउड मोडललाई लिइएको बताएका हुन् ।

अचानक अनमोल केसीले छाडेपछि फिल्म ‘हनीबनी’को मुख्य अभिनेताको खोजिमा निर्माण पक्ष रहेको थियो । ‘याद पिया के आने लगी’ बोलको गीतमा अभिनय गरेका तोमारले ए–लिस्टर हिन्दी भिडियोमा समेत काम गरिसकेका छन् ।

फिल्म ‘हनी बनी’मा तोमारसँगै फिल्ममा अभिनेत्री जसिता गुरुङ ,सलोन बस्नेतको मुख्य भूमिका हुनेछ । केहि दिनपछिबाट छायांकनको तयारीमा रहेका अधिकांश कलाकार लण्डन पुगिसकेका छन् ।

कमेन्ट्स
Loading...