सुचना, समाचार र मनोरन्जन

हलमा लाग्यो ‘ह्यारी कि प्यारी’

काठमाडौं :

शुक्रबारबाट अल नेपाल ‘ह्यारी कि प्यारी’ प्रदर्शनमा आएको छ । डा. भोला रिजालको लगानीमा निर्माण भएको यस फिल्मलाई उनका छोरा डाक्टर कपिल रिजालको डेब्यू निर्देशित फिल्म हो ।

फिल्ममा हास्यकलाकार जितु नेपाल,साम्राज्ञी आरएल शाह,बिजय बराल लगायतको मुख्य भुमिका रहेको छ । गत मंगलबार ‘ह्यारी कि प्यारी’ले प्रिमियरमा तारिफ कमाएको थियो ।

फिल्मको लेखन निर्देशक रिजाल,छायांकार सुदीप बराल लगायतले गरेका यस फिल्मलाई दर्शकले मन पराउनेमा अधिकांशको विश्वास छ । फिल्मले दुई फरक जीवन बाँचिरहेका पात्रको प्रेमकथा बोल्छ । यस फिल्ममा अभिनेत्री रेखा थापालाई विशेष भूमिकामा प्रस्तुत गरिएको छ ।

कमेन्ट्स
Loading...