आजकलको व्यस्त जीवन र असन्तुलित खानका कारण हाम्रो जीवनशैली बिग्रिएको छ ।
आज हामी तपाईले प्रयोग गर्ने केही पौष्टिक चीजबारे जानकारी दिँदै छौं जसलाई थाहापाएर तपाईं अचम्म पर्नुहुने छ ।
सोयाबीन जसलाई आमरूपमा त्यति राम्रो तरकारीको रूपमा मानिँदैन तर यसका फाइदा थाहा पाउनुभयो भने तपाईं अचम्ममा पर्नुहुन्छ ।
सोयाबीनमा प्रोटीनको मात्रा धेरै हुन्छ भन भिटामिन बी र भिटामिन ई को मात्र प्रचुर हुन्छ ।
सोयाबीन मा आइसोफ्लेवोंस नामक रसायन पाइन्छ । जसले विशेष गरेर महिलाको शरीरको हड्डीलाई कमजोर हुनबाट जोगाउँछ ।
यदि तपाईं एसिडिटी को समस्याबाट ग्रसित हुनुन्छ भने सोयाबिनको आटाको रोटी खान आवश्यक हुन्छ । जसले पेटलाई सफा राख्छ एसिडिटी की समस्या हट्छ ।
जो तनाव र मानसिक रोगबाट पीडित हुन्छन्, उनीहरुका लागि सोयाबिन फाइदाजनक हुन्छ । यसकारण मानसिक रोगीले आफ्नो खानपिनमा सोयाबिन खान आवश्यक छ । जसले दिमाग तेज बनाउँछ ।
