सुचना, समाचार र मनोरन्जन

यस्ता छन् नरिवल पानी पिउनुको फाइदा

काठमाडौं । नरिवल पानीमा विषाक्त तत्वलाई हटाउने गुण हुन्छ । जसलाई पिउनका लागि शरीरको उर्जा मिल्छ जसमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । जसले रोकप्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । यदि तपाईं बढिरहेको वजनका कारण चिन्तित हुनुन्छ भने तपाईंलाई निकै फाइदा पुग्छ ।

विशेषज्ञलाई मान्ने हो भने विहानको समयमा नरिवल पानी पिउनु सबैभन्दा धेरै फाइदाजनक हुन्छ । यदि तपाईं दिनभर स्फूर्ति चाहनुहुन्छ भने विहान नरिवल पानी खानु फाइदाजनक हुन्छ ।

बिहानको समयमा नरिवल पानी पिउनुको फाइदा

थाइराइड हार्मोनलाई सन्तुलित बनाउनका लागि नरिवल पानी बहुत उपयोगी हुन्छ । विहानीको समयमा नरिवल पानी पिउनाले थाइराइड हार्मोन नियन्त्रित हुन्छ ।

किड्नीलाई स्वस्थ बनाउनका लागि पनि नरिवल पानीको सेवन राम्रो हुन्छ । यसले पिसाव नलीलाई सफा राख्न र स्टोन हुन नदिने काम गर्छ ।

यदि तपाईं वजन बढेका कारण समस्यामा पर्नु भएको छ भने नरिवल पानी पिउँदा निकै फाइदाजनक हुन्छ । यसमा धेरै कम मात्र क्यालोरी हुन्छ । जसमा फ्याट नहुँने बराबर हुन्छ ।

नरिवल पानी पिएपछि धेरैबेर भोक लाग्दैन । छालालाई राम्रो बनाउनका लागि पनि नरिवल पानीले फाइदा पुग्छ ।

कमेन्ट्स
Loading...