सुचना, समाचार र मनोरन्जन

जिब्रो र मुखमा खटिरा आएर हैरान हुनुहुन्छ भने यसो गर्नुस्

दाँतले जिब्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा मुख र जिब्रो खटिरा आउन सक्छ ।

मुखमा खटिरा आउँदा खान पिउन र निल्न निकै गाह्रो हुन्छ । यो समस्याले ग्रस्त हुनुहुन्छ भने नआत्तिनुस् ।

यसको घरेलु उपचार पनि छ ।

घिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ अनि खटिरा पनि छिट्टै निको हुन्छ ।

नरिवलको पानीले पनि खटिरा निको बनाउँछ ।

धनियाँलाई पानीमा उमाल्नुस् । अनि त्यसको पानी छानेर चिस्याउनुस् र कुल्ला गर्नुस् । खटिरा भाग्छ ।

महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा निको हुन्छ ।

अलैंचीको धूलोलाई महमा चोपेर खटिरामा लगाउने अनि र्‍याल चुहाउने हो भने पनि खटिरा हराउँछन् ।

अम्बाका पातलाई उमालेर कुल्ला गर्दा गला र जिब्रो सफा हुन्छ अनि खटिरा पनि हराउँछ ।

कमेन्ट्स
Loading...