काठमाडौंँ :
मंसिरमा भएको प्रतिनिधि सभाको चुनावमा सागर ढकाललाई डडेलधुराबाट जिताउ भन्दै पश्चिमेली भाषामा टिकटक बनाएर भाइरल बनेकी टिकटकस्टार हुन् ‘मिस पवि’ अर्थात पवित्रा सार्की ।उनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हराउन र सागर ढकाललाई जिताउन सुईमा भोट हालौ भन्ने कुरा टिकटकमा हालेपछि चर्चामा आएकी थिइन् ।
उनी टिकटक हुँदै पछिल्लो समय निकै म्युजिक भिडियोमा अभिनय गर्न थालेकी छन् । नेपालका चर्चित कलाकारका साथ उनी भिडियोमा देखिन थालेकी हुन् ।आइतबार राजधानीमा ‘मिस पवि’ अर्थात पवित्रा अभिनीत नयाँ म्युजिक भिडियो ‘आहा कति राम्री’ सार्वजनिक गरिएको छ । एक समयका चर्चित गायक हिमाल सागर उनले भिडियोमा अभिनय गरेकी छन् ।
हिमाल सागर र गायिका अनु चौधरीको स्वर रहेको यस भिडियोमा हेमन्त शिशिरको शब्द, संगीत तथा संगीत संयोजन रहेको छ । यस गीतको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् । निशल पौडेलको छायांकन, विकास दाहालको सम्पादन रहेको भिडियो गीतकार एवं म्युजिक व्यवसायी शिवराज पौडेलले निर्माण गरेका हुन् ।हिमालसागरको केहि साता अघि मात्रै ‘ए हो र माया’बोलको गीत रिलिज भएको थियो । उक्त गीत यति बेला चर्चामा रहेको छ ।