सुचना, समाचार र मनोरन्जन
Tiger Cup

हिमाल सागरको ‘ए होर माया’ विमल र सनिशा

काठमाडौं :
हिमाल सागरले नयाँ गीत ‘ए होर माया..’.दर्शकमाझ लिएर आएका छन् । एक वर्षपछि उनी नयाँ गीतको भिडियो सहित श्रोतामाझ आएका हुन् ।
भावना म्युजिक सेलुसन युट्युव च्यानलबाट रिलिज गरिएको यो गीत लोक पप शैलीको रहेको छ । पछिल्लो समय ‘लजालु मायालुं..’गीतबाट चर्चामा आएकी अनु चौधरीले हिमाल सागरलाई स्वरमा साथ दिएकी छन ।

मोडल विमल अधिकारीले लेखेकोको गीतमा उनी आफैले अभिनय गरेका छन् । उनको अभिनयमा सनिशा भट्टराईको पनि अभिनय देख्न सकिन्छ। राजेश घिमिरेले खिचेको भिडियोलाई विकास ज्ञवालीको सम्पादन रहेको छ भने निर्देशन र कोरियोग्राफी मौसम हिमालीको छ ।

कमेन्ट्स
Loading...