सुचना, समाचार र मनोरन्जन
Tiger Cup

९ हजार भन्दा बढी मतले पछाडि रहेका कमेडियन पन्तको आक्रोश : लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन

काठमाडौं : 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका कमेडियन हिमेश पन्तले मतदाताप्रति आक्रोश पोखेका छन् । त्यहाँको मतगणना भइरहेको समयमा सुरुवात देखि नै तेस्रो स्थानमा ओगटेका पन्तले मतदाताप्रति आक्रोशित बनेका हुन् ।

उक्त क्षेत्रमा पन्त नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेभन्दा ९ हजार भन्दा बढी मतले पछाडि रहेका छन् । यति कमजोर मत पाएपछि उनले मतदाताको चेतनास्तरमाथि नै टिप्पणी गर्न भ्याएका छन् ।

उनले लेखेका छन्,‘ म यत्ति भन्न सक्छु हामीले ल्याउदै गरेको भोट : मासुभातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डर–धम्कीबाट आएको भोट हैन। विना–संगठन, विना गठबन्धन, विना पैसा, विना अनुभव‘ मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भिड्ने दम कुनै युवामा थियो ? सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो। जग हाल्ने कामको थालनी भएको छ। हाम्रो सम्मानित मत आउदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरुको मनभित्र ढ्याङ्रो बजेको छ। यहि नै हाम्रो ठुलो उपलब्धी हो।’

उनले करोड खर्च गरेर चुनाव लड्ने ठुला पार्टीका अगाडी २,४ लाख खर्चमा चुनावमा होमिनु चोक नभएको बताएका छन् । उनले चुनावका समयमा भोट माग्दा मतदाताहरुले नोट मागेको दावी गर्दै रक्सी खुवाउन समेत अनुरोध गरेको खुलासा गरेका छन् ।

उनले अगाडी लेखेका छन्,‘करोडौं करोड खर्च गरेर चुनाब लड्नेहरुसँग २÷४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन। धादिङ क्षेत्र नं १ मा ५ ओटा गाउपालिका र १ ओटा नगरपालिका छ । हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएतापनि पहाड,गाउँ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन । हामी प्रचार–प्रसारमा हिड्दै गर्दा जस्ले दिन्छ नोट, उसैलाई भोट।” भनेको पनि धेरै नै सुन्न पाइयो। कतिले त भोट चाहिए रक्सी खुवाउनुस्।” सम्म भन्न भ्याए। धादिङ कुनै पनि हालतमा काठमाडौ जस्तो हुँदै हैन। निर्वाचन आयोगले दिएको १२÷१३ दिनको प्रचार–प्रसारमा ५३ ओटै वडामा पुग्नु असम्भव मात्रै हैन अकल्पनीय थियो ।’

कमेन्ट्स
Loading...