सुचना, समाचार र मनोरन्जन

होमस्टेमा बढ्न थाल्यो पर्यटकको चहलपहल

  •  
  •  
  •  
  •  

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण करिब ७ महिनादेखि बन्द रहेका होमस्टेहरुमा यतिबेला चहलपहल बढ्न थालेको छ ।

माहामारीबीच पनि होमस्टेमा रमाउन आउने पर्यटकहरुलाई हिजोआज कोरोना भाइरसले कुनै प्रभाव पार्न सकेको छैन ।

पछिल्लो समय होमस्टेहरुमा आउने वाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको संख्यामा बढ्दै गएको छ ।

कोभिड १९ का कारण करिब ७ महिनादेखि सरकारले गरेको लकडाउन र त्यसपछि गरिएको निषेधाज्ञाका कारण घरमै बस्नुपर्दा निसास्सिएका मानिसहरु यतीबेला जनजीवन केही सामान्य भएपछि पर्यटकीय क्षेत्रहरुमा रहेका होमस्टेहरुमा चहलपहल बढेको हो ।

पर्यटकका लागि घुम्ने पर्यटकीय सिजन हुनु, नियमित रुपमा सवारी साधन सञ्चालन हुनु तथा आन्तरिक हवाइ उडान नियमित हुनुले पर्यटकीय क्षेत्रमा सञ्चालित होमस्टेहरुमा पर्यटकको चहलपहल बढ्न थालेको होमस्टे एशोसिएसन नेपाल (होसान)का कोषाध्यक्ष सुरज बास्तोलाले बताए ।

बास्तोलाले चैत ११ देखि सरकारले गरेको लकडाउन र निषेधाज्ञापछि आन्तरिक तथा वाह्य पर्यटक आवागमन शुन्य रहेको अवस्थामा दसैंपछि घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धिले देशैभरका होमस्टेकर्मीहरु उत्साहित बनेको बताए ।

आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको ग्रामीण पर्यटन (होमस्टे) सिजनमा देखा परेको कोरोना भाइरसका कारण देशै भरका होमस्टेहरु बन्द भए तर होमस्टेकर्मीहरुले बन्दलाई सदुपयोग गदै पाहुँनाको लागि आफ्ना घर कोठा रङ्ग रोगन, निर्माण, वेडहरुको उचित व्यवस्थापन, शौचालय ,बाथरुम सफा र स्तरीकरण, घरवरिपरि फलफूलका बैगौँचा, तरकारी खेती, फलफूल विरुवा रोपण, कुखुरा, बाख्रा, हाँस पालनका लागि घर टहरा निर्माण गरी अन्य पर्यटकीय सांस्कृतिक गतिविधिहरुको निर्माण गरेर बसेकाले होमस्टेमा आउने पाहुँनाले पहिले भन्दा केही फरकपनको महसुस गर्ने बास्तोलाले बताए ।

शिष्ट बोली, पारिवारिक माहोल र आत्मीय व्यवहारका कारण पछिल्लो समय होमस्टे जाने पर्यटकको संख्या बढेको पाइन्छ ।

कमेन्ट्स
Loading...