सुचना, समाचार र मनोरन्जन
Tiger Cup

के प्रेमिकालाई अपार्टमेन्ट किन्दिन लागेका हुन् ऋतिकले ?

काठमाडौं :

बलिउड अभिनेता ऋतिक रोशनले आफ्नी प्रेमीका सबा आजादलाई अपार्टमेन्ट किन्दिन लागेको चर्चा चलिरहेको समाचार बाहिरिएपछि स्पष्टिकरण दिएका छन् । उनले प्रेमिकालाई अपार्टमेन्ट किन्दिन लागेको कुरा झुटो भएको दावी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बाहिरिएको समाचारमा कुनै सत्यता नभएको बताएका हुन् ।

‘पब्लिक फिगर भएकाले जनताले मेरो बारेमा जान्न चाँहन्छन् भन्ने बुझ्छु । तर गलत समाचारबाट आफूलाई टाढै राख्यौं भने सहि हुनेछ । यो जिम्मेवारीपूर्ण काम हो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

केही समयअघि भारतिय सञ्जारमाध्यममा ऋतिकले जुहु–वर्सोवा लिंक रोड नजिक दुईवटा अपार्टमेन्ट किनेको खबर छापिएको थियो । ऋतिकले लक्जरी अपार्टमेन्ट ९७.५० करोड भारुमा किनेको हल्ला चलेको थियो । यसमा बारेमा ऋतिकले भने आफ्नो अपार्टमेन्ट किन्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् ।
पछिल्लो समय ऋतिक र साबा आ–आफ्नो फिल्म प्रोजेक्टमा व्यस्त रहेका छन् ।

कमेन्ट्स
Loading...