सुचना, समाचार र मनोरन्जन

‘हुक्का : एन एब्सर्ड ड्रिम’को ट्रेलर रिलिज

काठमाडौं : 

आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार फिल्मको करिब तीन मिनेट लामा ट्रेलर रिलिज भएको हो । फिल्मका मुख्य कलाकारहरु प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ लगायतलाई देखाइएको छ।

फिल्मको ट्रेलरमा घरायसी कुरामा परिवारबीचको मनमुटावलाई प्रस्तुत गरिएको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्यमा निर्माण भएको फिल्मलाई शम्भु थापाले निर्देशन गरेका छन् । सन्तोषकुमार आत्रेयको कथामा निर्माण भएको फिल्मलाई पटकथा तथा संवाद सन्तोषकै रहेको छ भने भगवान पौडेलले सहयोग गरेका छन्।

फिल्मको कार्यकारी निर्मातामा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय रहेका छन् । फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वररहेको फिल्ममा निश्चल विमल, अर्जुन गोदार, कुमार गुरुङ्ग र बाल कलाकार अङ्कित जिसीको पनि अभिनय रहेको छ ।

कमेन्ट्स
Loading...