सुचना, समाचार र मनोरन्जन

कृष्ण कँडेलको ‘इन्द्रेणी’ अब हिमालय टेलिभिजनमा

काठमाडौं । विशेषत: युट्युबमा निकै रुचाइएको लोक तथा दोहोरी गीत सम्बन्धी कार्यक्रम हो, ‘इन्द्रेणी’ । कृष्ण कँडेल प्रस्तुतकर्ता रहेको यस कार्यक्रमलाई धेरैले रुचाउँछन् । उनको सहयोगी मनलाई मन पराउनेको संख्या पनि कम छैन ।

अब भने ‘इन्द्रेणी’ हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ । ‘हिमालय इन्द्रेणी’ नामसहित हरेक दिन यस कार्यक्रम प्रशारण हुने हिमालय टेलिभिजनले जानकारी दिएको छ ।

Parichay

विगत १० वर्षदेखि प्रसारण हुँदै आएको यो कार्यक्रम इन्द्रेणी समाजले उत्पादन गर्दछ । कोरोना कहरका कारण केही महिना रोकिएको कार्यक्रम अबदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने पक्का भएको हो ।

नेपाली लोकगीत संगीतको संरक्षण र प्रवर्द्धन गर्दै संगीतमार्फत् असहाय एवं पिछडिएका मानिसलाई सेवा पनि गर्ने आफ्नो उद्देश्य बमोजिम कार्यक्रमलाई स्तरोन्नति गरी एचडी क्वालिटीमा हिमालय टीभीमा प्रसारण गर्न लागिएको प्रस्तोता कँडेलले बताए ।

Comments
Loading...