सुचना, समाचार र मनोरन्जन

‘तिमि र म घुम्न जाउँ’ मा नबराज र ईशाको रोमान्स

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्दै आएकी गायिका ईशा कार्कीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले ‘तिमि र म घुम्न जाउँ’ को भिडियो गरेकी हुन् । दर्जनौ गीत नेपाली सांगीतिक बजारमा पस्किसकेकी कार्कीले बिदेशी भूमिमा बसेर पनि नेपाली गीत संगीत, कला संस्कृति र साहित्यलाई अगाडी बढाइरहेकी छन् । हालै सार्वजनिक भएको म्युजिक भिडियोलाई अमेरिकाको सुन्दर शहर क्यालिफोर्निया सानफार्न्सिससको वे एरिया र कोलोराडोमा आकर्षक ढंगले छायांकन गरिएको छ।

गीतमा शब्द, संगीत तथा स्वर गायिका ईशा कार्कीकोनै रहेको छ भने उनलाई स्वरमा गायक साजन लामाले साथ दिएका छन् । ‘तिमी र म घूम्न जाउँ’ मा अमेरिकामा बस्दै आएका अभिनेता नवराज श्रेष्ठ र गायिका इशा कार्कीआफैले अभिनय गरेकी छन् । नवराज र इशाका साथमा इरिना ठकुरी, रन्जु पाण्डे, अमृत जंग कुँवर, रेशम लाल गौतम, जेम्स र पुरुशोतमले अभिनय गरेका छन् ।

छायांकन, ड्रोन र सम्पादन रसोज श्रेष्ठको रहेको छ भने निर्देशन नायक नवराज श्रेष्ठले नै गरेका छन् ।यस भिडियोको परिकल्पना तथा छायांकन ब्यबस्थापन अमृत जंग कुँवर हुन् ।  अभिनेता नवराज श्रेष्ठ नायक, निर्माता, ग्लोबल नेपाली फिल्म अवार्ड युएसएका अध्यक्ष र नेपाल फिल्म सोसाइटि अमेरिकाका अध्यक्ष हुन्। नेपाली फिल्म तथा गीतसंगीतमा छुट्टै पहिचान बनाउन सफल अभिनेता नवराज सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय रहदै आएका छन

कमेन्ट्स
Loading...