सुचना, समाचार र मनोरन्जन

रिलिज अगावै दया र मिरुनाको ‘जारी’ ले उठायो लगानी

काठमाडौं : 

आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जारी’ नेपालका अलवा अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा रिलिज हुने भएको छ । निर्माण टिमले फिल्मलाई विदेशमा उच्च माग भएको जनाएको छ।

फिल्मका निर्माता रामबाबु गुरुङका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो साता फिल्म रिलिज हुनेछ । साथै क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुने निर्माण पक्षको भनाई छ । विदेशका विभिन्न शहरमा फिल्म बिक्री भइसकेको समेत जानकारी दिएको छ। निर्माण पक्षका अनुसार फिल्मको लगानी उठिसकेको छ।

बाँसुरी फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन्। उनको निर्देशनमा दयाहाङ राई, विजय बराल र मिरुना मगर लगायतको मुख्य भुमिकामा अभिनय गरेका छन्।

पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथि फिल्म निर्माण भएको फिल्ममा दयाहाङ, मिरुनाका साथमा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

कमेन्ट्स
Loading...