सुचना, समाचार र मनोरन्जन

फिल्म ‘जारी’को टिजरमा दयाहाङ र मिरुना

काठमाडौ :

दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ । मंगलवार युट्युबमा फिल्मको टिजर रिलिज गरिएको हो । टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ ।

साथै टिजरमा लिम्बु समुदायमा गाइने ‘पालाम’लाई कथावाचनको रुपमा प्रयोग गरिएको छ ।आगामी बैशाख १ गते अर्थात् नयाँ वर्षबाट प्रदर्शनमा आउन लागेको ‘कबड्डी’ समुहको यस फिल्ममा दयाहाङ राई र मिरुना मगर दाम्पतीको भूमिकामा प्रस्तुत भएका छन् ।

फिल्ममा दया र मिरुनाको साथमा रेखा लिम्बु,विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बालगायतको पनि अभिनय छ । सैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन छ । रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् ।

कमेन्ट्स
Loading...