सुचना, समाचार र मनोरन्जन

जेविकाले गरिन् प्रेमीसँग टीकाटालो

काठमाडौं : 

अभिनेत्री तथा मोडल जेविका कार्कीले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् । उनले फिल्म निर्माण नियन्त्रक मनोज जोशी बुधबार इन्गेजमेन्ट गरेकी हुन् । आफन्त र साथीभाइको उपस्थितिमा पेप्सीकोलास्थित कार्कीकै निवासमा टीकाटालो गरे ।

अभिनेत्री कार्की र जोशी करिब चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरु आगामी फागुन ४ गते विवाह गर्दैछन् । जेविकाले फिल्म ‘जयश्री दाम, कारखाना, पर्व र जन्मभूमि’ र पछिल्लो फिल्म ‘हिजोआजका कुरा’मा अभिनय गरेकी थिइन् ।

कमेन्ट्स
Loading...