पोखरा । कोरोना महामारीले थला परेको पोखराको पर्यटन क्षेत्र अहिले गति लिन थालेको छ । यतिबेला पोखरामा आन्तरिक पर्यटकहरू भित्रिरहेका छन् ।
पोखरामा अहिले धमाधम होटलहरू पनि खुलिरहेका छन् । यसैबीच डिहिकोपाटनमा झल्को रेष्टुरेन्ट सञ्चालनमा आएको छ । स्तरीय होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आउँदा पोखराको पर्यटनलाई माथि उठाउन सहयोग पुग्छ । झल्को रेष्टुरेन्टमा युवा व्यवसायीद्वय बाबुराम भण्डारी र सुरेश दाहालले लगानी गरेका छन् । झल्को रेष्टुरेन्टले नयाँ स्वाद अथवा नयाँ तरिकाले अघि बढ्ने संचालक बाबुराम भण्डारीले बताए । कोरोनाको कहर चलिरहदाँ पनि झल्को रेष्टुरेन्टलाई निरन्तरता दिने रेष्टुरेन्टका संचालकले दाबि गरेका छन् । यो रेष्टुरेन्ट पोखराको लागी विशेष रहने संचालक दाहालले बताए ।
रेष्टुरेन्टमा अति मिठो परिकारहरु पस्किने उनीहरुको बेजोड तयारी छ । विशेषगरी २२ औँ सडक महोत्सवलाई लक्षित गर्दै उनीहरु तयारीमा रहेको सञ्चालकले जानकारी दिए । ग्राहकहरुको लागी मिठो खाजा पाउनुका साथै साथीभाई तथ परिवारहरुसगँ बसेर खान उपयुक्त ठाउँ रहेको भण्डारीले बताए ।
करीब एक करोडको लगानीमा सञ्चालनमा आएको झल्को रेष्टुरेन्टका सञ्चालक भन्छन्- आन्तरिक पर्यटनलाई चलायमान बनाउन र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने हेतुले पोखरामा हामीले झल्को रेष्टुरेन्ट खोलेका छौं । स्पेशल डिस्काउन्टसहित आन्तरिक पर्यटनलाई बुस्ट गराउने हाम्रो उद्देश्य हो । आन्तरिक पर्यटनलाई फोकस गरेर यहाँका परिकारहरूमा टिपिकल नेपाली टेस्ट दिनु नै हाम्रो विशेषता हो ।