सुचना, समाचार र मनोरन्जन

‘झिल्के एन्ड द कम्पनी’ को ‘जवानीको जोश’ सार्वजनिक

काठमाडौं :

नेपाली रक व्याण्ड ‘झिल्के एन्ड द कम्पनी’ले आफ्नो एलबम ‘जवानीको जोश’ को गीत ‘१८२’ सार्वजनिक गरेको छ। यो भिडियो ‘झिल्के फायर इपी’ बाट ‘पंक्षीहरु’सँग डेब्यु गरेपछि ब्यान्डको यो दोस्रो प्रस्तुति हो।

यो गीतले नेपाली पारिवारिक जीवनको एक मार्मिक झलक देखाएको छ। डिनर टेबलको वरपर साझा गरिएका अव्यक्त सपनाहरू र इच्छाहरूलाई भिडियोमा देखाइएको छ।

‘पूर्वी नेपालले मेरो हृदयमा विशेष स्थान ओगटेको छ। त्यहीकारण हामीले यहाँको प्राकृतिक पृष्ठभूमिमा नेपाली पारिवारिक जीवनका कथाहरु चित्रण गर्ने उद्देश्य राखेका छौं’, ब्यान्डका गायक तथा गिटारवादक स्टिभ देवानले भने।

भिडियोमा शान्तादेवी पौडेल, रुद्र ओली, अवान राना मगर र प्रसिद्धी ओली फिचर्ड छन्। भिडियोमा रिदम राईको डीओपी, आविस्कार जोशीको सहायक डीओपी, गौरव विस्टको कलर र सम्पादन तथा अभिषेक गिरीको प्रोडक्सन छ।

गीत ब्रोकन एग स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियो झापाको बिर्तामोड र अर्जुनधारा वरपरका चियाबगान र खेतबारीमा छायांकन गरिएको छ।

भिडियो पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)ले निर्माण गरेको छ। पीभीई नेटवर्क व्यान्डको व्यवस्थापन कम्पनी हो । गीतको भिडियो झिल्के एण्ड द कम्पनीबाट सार्वजनिक गरिएको हो ।

ब्यान्डका बास गिटारवादक विशाल ह्याङ राईले छायांकन प्रक्रियाप्रतिको आफ्नो लगाव र यी स्थानहरूमा पुनः भ्रमण गर्ने इच्छा व्यक्त गरे । ड्रमर डिप्सन केसीले अन्तिम नतिजाप्रति आफ्नो सन्तुष्टिलाई जोड दिँदै, गीतको मधुर र तीव्र क्षणहरूलाई सन्तुलनमा राख्न भिडियोको लागि ठुलो चुनौती भएको स्वीकारे ।

Leave A Reply

Your email address will not be published.