सुचना, समाचार र मनोरन्जन

‘रामपियारी’ पछि जितुको ‘ ह्यारी कि प्यारी’मा चुनौती नै चुनौती

काठमाडौं । छक्का पञ्जा टिमबाट अलगिएका जितु नेपाल ‘मुन्द्रे’ आफै हिरोका रुपमा काम गरिरहेका छन् । जितु र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी कि प्यारी’मा हिरोबाट दर्शकमा आउन लागेका हुन् । जुन फिल्म अहिले धमाधम छायांकन भइरहेको छ ।

British college

जितुसँग पहिलो पटक अभिनेत्री साम्राज्ञीले अभिनय गरेकी छन् । यो फिल्ममा अभिनय गरेपछि जितुका चुनौतीहरु धेरै रहेका छन् । किनभने उनलाई छक्का पञ्जा टिमलाई देखाउनु पनि छ ।

‘मुन्द्रेको कमेडी शो’ नयाँ ढंगले शुरु गर्ने तयारीमा रहेका जितुले फिल्मको पर्दामा देखिन तम्सिएका छन् । दीपक–दीपा र केदार घिमिरेसँग लगातार ६ वटा फिल्ममा सहकार्य गरेका जितुका लागि ‘ह्यारी कि प्यारी’ नयाँ अनुभव हो । एक्लै अभिनेताका रुपमा आउन लागेका जितुले यो फिल्मका लागि निकै मेहनत गर्नुपर्ने हुन्छ ।

महानायिकाको अभिव्यक्तीका कारण चौतर्फी आलोचना खेपेपछि जितुले रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लव’बाट हटाएका थिए । त्यहि रिस फेर्न दीपक र दीपाकोे टिमले आफ्नो समुहबाट नै जितुलाई निकालेका थिए । यो टिम भन्दा बाहिर जितुले फिल्म ‘रामकहानी’मा अभिनय गरेका थिएन । नत्र अन्य फिल्ममा उनले काम गरेका थिएनन् । यो फिल्म उनको फ्लप भएको थियो । त्यस कारण उनको खासै चर्चा हुन सकेन ।

कमेन्ट्स
Loading...