काठमाडौ :
अमेरिकामा बसोबास गर्दै आएका जेके जगतको डेब्यु निर्देशनमा गीत ‘मायालु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपेन्द्र खड्काको शब्दमा सुमन केसी र दीपा लामाको स्वर रहेको गीतलाई युटुबमार्फत रिलिज गरिएको हो । उक्त गीतमा दिपेन्द्र थिगको संगीत रहेको छ ।
निराजन प्रधान र रुविना थापाको अभिनय रहेको भिडियोलाई चितवनका रमणिय स्थानहरुमा छांयाकन गरिएको छ । राजिव समरकोे कोरीयोग्राफीमा तयार भएको म्युजिक भिडियो लाई बुद्ध थापाले खिचेका हुन् । सरु ज्के आफैले निर्माण गरेको यस भिडियोलाई आसमान मोसन पिक्चर युटुब च्यानलमार्फत हेर्न सकिने छ ।