सुचना, समाचार र मनोरन्जन

‘गुञ्जन’को ट्रेलर हेरेका मेरा साथीभाईहरुले हिरो भन्दा भिलेनकै रोल मन पराए : कबिर खड्का

काठमाडौं :

अभिनयमार्फत दर्शकको मन जित्दै आएका अभिनेता हुन कबिर खड्का । उनको अभिनय र लुक्सका कारण पछिल्लो समय चर्चामा रहेका छन् । केहि फिल्ममा काम गरिसकेका कबिर फिल्म ‘गुञ्जन’बाट दर्शकको मन जित्नेमा ढुक्क देखिएका छन् । उनी फिल्मको कथा नै मन परेको कारण आफुले ‘गुञ्जन’मा काम गर्न राजी भएको बताउँछन्। यस फिल्मको ट्रेलरबाट नै दर्शकको नोटिसमा परेका उनै कबिरसँग भोला अधिकारीले गरेको छोटो कुराकानी :

निकै व्यस्त हुनुहुन्छ है ?
अहिले फिल्मको प्रचारप्रसारले निकै व्यस्त बनाएको छ । फिल्म हलमा आउने समय भइसक्यो । यसको प्रचारप्रसारका लागि निकै दौडधुपमा नै छु भन्नु पर्यो ।

तपाईले यस अघि पनि ‘लम्फु’ लगायत केहि फिल्ममा काम गरिसक्नुभएको छ । गुञ्जनमा कसरी जोडिनुभयो ?

मलाई अष्ट दाईले फिल्मको कथा सुनाउनुभयो। मलाई मेरो पार्ट एकदमै मन पर्यो । फिल्मको कथा र फिल्ममा काम गर्ने कलाकार पनि मलाई राम्रो लाग्यो र म यस फिल्ममा जोइन भएको हो । पहिलो कुरा त यो फिल्मको ब्याकस्टोरी सुन्दा नै दंग परेको थिए । ल यस्तो क्यारेक्टर त छोड्नुहुन्न,यो क्यारेक्टर त गर्दा त अर्कै मजा आउँछ जस्तो लागेको थियो । र,यसमा काम गर्दा मजा पनि आयो मलाई ।

फिल्मको प्रचारप्रसार अलिक कम भयो कि भन्ने महसुस हामीले गरेका छौँ । के कुरामा तालमेल मिलेन की ? के भयो ?

हैन, हामीले सक्दो प्रयास गरिरहेका छाँै । अहिले प्रचारप्रसारमा नहिडेको भए हजुरसँग भेट हुने नै थिएन नि हैन ।(हाहाहाहा)तर, अभिनेत्री नहुँदा अलिक खल्लो हुने रहेछ । मेरो अनुभवमा । यसैको कारण पनि अलिक कम देखिएको हो कि,कतै ।

फिल्मको पहिलो भन्दा पनि दोस्रो ट्रेलर निकै राम्रो बनेको थियो? यसको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?

मैले फिडब्याक एकदमै राम्रो पाइरहेको छु ।मलाई साथीहरुले पनि हिरो भन्दा भिलेन नै खत्रा देखिने रहेछ,सुहाउने रहेछ भन्ने प्रतिक्रिया दिनुभएको छ। मलाई उहाँहरुले दिनुभएको प्रतिक्रियाले एकदमै खुशी छु। मैले गरेको भुमिकालाई अधिकांशले मन पराइदिनुभएको छ । यो हाम्रो दुई वर्षको मेहनत हो । यसको अब रिजल्टको प्रतिक्षामा छौँ ।

तपाईले ‘गुञ्जन’मा खलनायकको भुमिका निर्वाह गर्नुभएको छ। अब खलनायक नै भुमिकामा देखिनुहुन्छ कि हिरोमा पनि आउने सोच छ?

यस्तो छ । अहिले यो फिल्ममा दर्शकले बुझ्दा भिलेन भनेर चिनाइएको हो । फिल्ममा भिलेन भन्न मिल्छ । त्यसलाई फिल्ममा डार्कसाइडमा मात्र देखाइएको छ । यो फिल्म हेर्दाखेरि पनि यहि लाग्छ दर्शकहरुलाई ।

फिल्म हेरेर दर्शकहरुले कस्तो प्रतिक्रिया दिनुभएको छ ?

अहिलेसम्म फिडब्याक एकदमै राम्रो पाइरहेको छु । जति जनाले हेर्नु भएको छ,त्यति जनाले एकदमै राम्रो अभिनय गरेको प्रतिक्रिया दिनुभएको छ । अघिल्ला फिल्ममा भन्दा अझ सुधार यस फिल्ममा दर्शकले पाउनुहुनेछ ।

यो फिल्मपछि कुनै फिल्मका काम गर्दैहुनुुहुन्छ कि?

दुइ तीन वटा स्किृप्ट पढिरहेको छु । फाइनल नै भएको छैन । सायद कुनै एउटा फिल्ममा काम गर्छु होला ।

फिल्ममा काम गर्दा कुन कुरालाई फोकस गर्नुहुन्छ?

पहिलो त स्किृप्ट नै हेर्छु ,त्यसपछि टिम पनि हेर्ने गरेको छु ।

अन्तमा आफ्ना दर्शकहरुलाई केहि भन्नु हुन्छ ?

हलमा फिल्म लागेको छ । एकपटक हेरिदिनु होला,माया गरिदिनुहोला भन्न चाहान्छ । कमीकमजोरी भए र सुधार्नु पर्ने भए सुझाव दिनुहोला भन्न चाहान्छु ।

कमेन्ट्स
Loading...