सुचना, समाचार र मनोरन्जन
kumdini

कविता: मेरो राष्ट्रिय गीत

शम्भुबहादुर अधिकारी /

British college

तातो रातो रगत हाम्रो स्वाभिमानी नेपाली
बन्दुक र खुकुरीबाट सार्वभौम स्वतन्त्र हामी
विशाल छाती हाम्रो गौरवको प्रतीक हाम्रा देशभक्तहरू
विभिन्न जातजातिको बसोबास सबको मन एउटै हाम्रो
तव त मिलेर बसेका छौं हामी एउटै स्वर एउटै लय हाम्रो
अग्ला हिमशिखरहरू, सुन्दर तालतलैयाहरू
हरिया घनाङ्ंगलहरू, सुन्दर मलिला फाँटहरू
प्रकृतिले सिँगारिएकी शान्त नेपाल
हाम्रो वीरता पूर्व टिस्टा पश्चिम काङ्गडासम्म
रगत र देश भक्तिले सिँचिएको छ जमिन हाम्रो
वीरताको गाथा हाम्रो शत्रुसामु झुकेनांै हामी
वीर भूमि नेपाल हाम्रो साम्राज्य सामु झुकेन नेपाली
विश्वसामु शान हाम्रो उठेको छ शीर हाम्रो पुर्खाको बहादुरीले
लालीगुराँस डाफे मुनाल हाब्रे हिम चितुवाहरू

प्रकृतिका आकर्षण मनमोहक देश हाम्रो
आउने पुस्ता पनि झुक्ने छैन शत्रुसामु
चन्द्रसूर्य अङ्कित रातो झन्डा पनि
नेपालीको वीरताको चिनो झुक्न दिन्नौ कसैगरी
वीर पुर्खाका सपनाहरू बोकी हिड्छाँै शीरमा राखी
साम्राज्य झुक्यो विश्वसामु तै नेपाली झुकेन
दावबाट खुकुरी झिकी मुला काटेझैं शत्रु काट्यो
देशभक्तिको उत्तम नमुना वीर नेपालीले देखायो
स्वतन्त्रता र स्वाधीनता अविचल र अटल
रक्तरञ्जित इतिहास हाम्रो विश्वसामु खडा छ
पुर्खाको नासो हाम्रो जतनले बचाऊ
रातो चन्द्र सूर्र्य झन्डा अङ्कित फहराई रहोस् अनन्तसम्म
जय जय नेपाल सुन्दर शान्त र विशाल

म्याग्दे २, जामुने फौज्दार गाउँ, तनहुँ

कमेन्ट्स
Loading...