सुचना, समाचार र मनोरन्जन

कविता : देश हराएको सूचना

  •  
  •  
  •  
  •  

कृष्ण सुदामा /

फिरङ्गीहरूसँग पाँैठेजोरी खेली
विजित न्यानो काख
राणा, पञ्च र बहुदलीय साँढेहरू
अलमस्त उग्राएको थलो
ऋण, अनुदान र निगाहमा ठस्ठसी कन्दै
घिस्रिरहेको मेरो भूमि
जङ्गे पिल्लर मुर्छा भै ढलेको खलो
यार्सागुम्बा, पाँचऔंले र शिलाजीतसँग
चाउचाउ र खोयाबिर्के साटी
आकाश ओढेर धरर्ती ओछ्याउँदै कुम्भकर्णिएको माटो
पौछल्तै तागत बेचेर
अशक्तलाई आश्रममा फुलाउँदै
मखण्डीहरूको डेढ अक्कलमा झुन्डिएको विरबलको ताउली
कानुन, विधान र संविधान धरौटी राखेर
जनता जनार्दन चुस्दै उडुसिएका
ठालुहरूले राज गर्ने थलो
हिजोआज आवेग पिएर
बौलट्टीपन ज्युनार गर्दै
आमा भकुर्न उद्यत छ
आफ्ना लठैत गणहरूको तावेदारी खातिर उत्ताउलिएको छ
बुख्याँचा कुर्र्सी दौडमा लिप्त छ
रोग, भोक र शोक जतै व्याप्त छ
शिविर र अविरको दोसाँधमा
आन्दोलन, जिन्दावाद र मुर्दावादको मैथुनमा चरमोत्कर्षित छ
चोसो पसारेर लेसिएको भूगोल छ छैन
बेखबर छ भुइँ मान्छेका लागि
केवल उत्तेजित छन्
केही थान उपिया, जुका र किर्नाका रामरउसमा

सामनाटोल ११, भरतपुर चितवन

कमेन्ट्स
Loading...