सुचना, समाचार र मनोरन्जन
kumdini

कविता : ढुङ्गा

शम्भुबहादुर अधिकारी /

धरतीको सबै भागमा पाइने
ढुङ्गा त एउटा त भौतिक वस्तु नै हो
ढुङ्गाको जगमा नै हो
हिमालहरू, पहाडहरू ठिङ्ग उभिएका
कतै पहरा कतै पथ्थरिलो
नदीका किनारमा ढुङ्गै ढुङ्गा
आदिम युगमा ढुङ््गाद्वारा शिकार
ढुङ्गा कै भरमा दुस्मनसँगको लडाई
आगोको अभाव पूरा गर्न
ढुङ्गाढुङ्गा जुधाएर चक्माद्वारा आगो
त्यही आगोले गरेको हो मद्धत खाना पकाउन
घर नहुँदा घर बनाउन ढुङ्गाको प्रयोग
माटोसँग साइनो गाँसेर
ढुङ्गाले मानव सभ्यताको सेवा ग¥यो
देवालयका मूर्ति बनाउन ढुङ्गाको प्रयोग
सुन्दर ईश्वर र सहिदका मुर्तिहरू
खल, सिलौटो, चक्मा, सिँढी
जताततै ढुङ्गाको आवश्यकता

British college

ठूला पहरामा बुद्धका मूर्ति खोपिए
सोन्दर्यता मात्रै प्रदान गरेन युद्ध रोक्यो पहराले
लडाईको पहिलो हतियार ढुङ्गा
आत्तुरीमा मान्छेले ढुङ्गा नै समात्यो
र प्रहार ग¥यो शत्रुमाथि भयो हतियारको विकास
मृत्यु, वर्षा ,आँधी, नदी, समुद्र, आकास, चन्द्र, सूर्य
ती अमुक शक्तिले मान्छेलाई सोच्ने बनायो
मान्छेलाई अनौठोको अनुभूति गरायो
जीवन मृत्युपछि गाड्ने ढुङ्गाले नै पुर्ने गरियो
मान्छेले अमुक शक्तिको पूजा गरेर
भय र त्रासबाट उन्मुक्ति चाहान्थ्यो
कल्पना ग¥यो अलौकिक शक्तिको आराधाना
बनायो मन्दिर र राख्यो भगवान ढुङ्गाको
गरियो अनावरण अनि देखियो अलौकिक शक्ति
त्यही ढुङ्गाको रूपलाई गरियो भगवानको भक्ति
देखे, माने र पुजे मान्छेले आदिमकालदेखि ढुङ्गालाई
ठाउँअनुसार अगणित मन्दिर र मूर्ति बने
त्यही ढुङ्गा ललित कलाको बन्यो अङ्ग
मुर्ति पूजाको सुरु भयो विरोध
लियो ध्वंशात्मक अवस्था अनि खोजियो सुरक्षा

प्रकृति पूजक हो मान्छे
ढुङ्गाबाट सुरु भएको पूजा
विभिन्न धर्म र पन्थमा विभाजित रहे
आफ्नो धर्मको सुरक्षार्थ डरलाग्दा युद्ध गरे
बाटो बनाउँदा पनि ढुङ्गा कै आवश्यकता
ढुङ्गा, गिटी, बालुवा नचाहिने कहाँ छ र ?
देउतादेखि भौतिक निर्माणसम्म ढुङ्गा छ अपरम्पार
हरेक घरमा कुनै न कुनै ढङ्गले
स्थापित गरिएको छ मूर्ति ढुङ्गाको
महोदय, घृणा नगर्नु ढुङ्गालाई
ढुङ्गा त धन हो मन हो अझ् बढी भगवान हो
यसको आर्थिक र धार्मिक महत्व छ
सिमेन्ट बनाउन पनि ढुङ्गा नै चाहिने
जीवनको सुरुदेखि नै भविष्यसम्म मान्छेले
ढुङ्गाको मूर्तिलाई जीवनको आस्था मानेको छ
मूर्ति पूजा मान्छेको आत्मिक जीवन
आत्मिक आनन्द, भौतिक रूपले होइन
कुल देवताको पूजामा पनि
सबैको कूलपूजा फरकफरक हुन्छ
छाना नभएको, बान्नो लगाएको
घेराभित्रको माँझमा स्तम्भ ढुङ्गाको
कूल देवताको रूपमा ढुङ्गा स्थापना

सबै कूल मिलेर वैदिक रूपले
विधिविधानअनुसार पूजा गरिन्छ
त्यस ढुङ्गामा सबै कुलहरूले पूजा गर्छन
ढुङ्गामा कूलको रूप देखेको अुनभूति गर्छन्
ढुङ्गामा कूलको प्रतिमूर्ति र पूर्खाको प्रतिविम्बन देख्छन्
कूलपूजामा उपस्थित वंशजहरू
कूलप्रति कृतज्ञ हुँदै घरतिर लाग्छन्
पितृ खुशी भएको अनुभूति गर्छन्
उनीहरू कुलप्रति आशक्ति राख्छन्
ढुङ्गामा देउता मात्रै होइन पूर्खा मुहार पनि देख्छन्

म्याग्दे २, जामुने फौज्दार गाउँ, तनहुँ

 

 

कमेन्ट्स
Loading...