सुचना, समाचार र मनोरन्जन
kumdini

कविता : पानी

शम्भुबहादुर अधिकारी /

British college

संसार बनेकोमा
विभिन्न तर्क गर्छन मीमांशशास्त्रीहरू
कसैले पृथ्वी आगोले
कसैले भन्छन् वायुले
कसैले आकासले
कसैले भन्छन् प्रकाशले
तर कसैको तर्क
पानीले बनेका हुन् पहिलोपटक जीवहरू
पानीमा नै उत्पत्ति भए
भौतिकवादले पृथ्वी पञ्च तत्वले बनेको भन्छ
पानी मुख्य तत्व
रूख झारपात, जलचरको उत्पत्ति र विकास
ठूला जङ्गल, नदीनाला मान्छेको विकास
पानीबाटै कृषि,पशुको विकास
जलखेतीदेखि पशुपालनसम्म
समय बित्दै जाँदा जमिनको
भाग धरै र पानी कम हुँदै गयो
तर यथार्थमा पानीको भाग धेरै
पानी समुद्रमा थिग्रिदै गयो
लेकबेसी जताततै पानीको कमी
खान बनाऊ, दहिमोथ्न, मुख धोउ
प्यास लाग्यो फेरि पानी
खेतबारीमा काम गर्दा पानी
पाहुना आउँदा पानी
पूजा गर देवतालाई पानी
लुगा धौ, नुहाउ पानी
पूजा गर जल चढाऊ जलखेतीमा पानी
यसको धार्मिक महत्व
साइतमा पूर्ण कलश दायाँबायाँ
बाटोमा पूर्ण गाग्रो भेटे साइत राम्रो
यो धार्मिक कुरा भयो
चालचलन र परम्परा बन्यो
यसको महत्व भौतिक रूपले अभिभूत हुन्छ
थकाईको बेला पानी
मृत्युञ्जय, पानी आत्मिक विषय होइन
त्यो दैविक कुरा होइन
त्यसलाई मान्छेले देवत्वकरण गरिदिए
अलौकिक विषय बनाए
अन्ततः पानी द्रव्य हो
हरेक ठाउँमा पानीको धेरै महत्व
पानी आवश्यक मृत्युमा पनि
मरेपछि मान्छेलाई नदीको किनारमा
आत्मा शान्तहोस भनी जलछेउ राखिन्छ शव
धार्मिक विधिविधान अनुसार
शव खाक पारेपछि खरानी
नदीमा नै विसर्जन गरिन्छ
त्यौ काम ठूला नदीमा गरिन्छ
हिन्दु धर्ममा पानीको महत्व ज्यादै छ
पानी एकै ठाउँमा जम्न दिन हुन्न
त्यसले पोखरीमा किरा जम्छ
पानीलाई निरन्तर बग्न दिनुपर्छ
अनि पानी सफा र शुद्ध बन्छ
जब मानिसको शरीरमा पानी कम हुन्छ
मर्ने सम्भावना बढी हुन्छ
त्यसैले बैद्यले ग्लुकोज दिन्छ
त्यो ग्लुकोज पानीको विकल्प हो
बिहान उठ्ने बित्तिकै हिन्दुहरू
पूर्व फर्केर सूर्यलाई पानीको अर्ग दिने गर्छन्
यो सव आत्मा सन्तुष्टीका लागि गरिने काम
फगत धार्मिक अनुष्ठान हो
पानी भौतिक तत्व
त्यसको कमी भए जीवित निर्जीव वस्तु
मरेर वा सडेर जान्छन्
जीवनको हरेक पाइलामा
पानी एक आवश्यक तत्व
पानी आत्मिक वस्तु होइन
यो भौतिक पदार्थ
जसको अनुपस्थितिमा जीवन असम्भव
प्राण दाइनी अमृत हो पानी
वातावरण विनाश र दूषित भए
पानीको मूल सुक्न सक्छ
पर्यावरण र मानवीय क्षति हुन्छ
वतावरण र जीवन रक्षाका लागि
पानीको जगेर्ना गरौं
पानी खान नपाएर मान्छे मर्छन्
पानी खाएर पनि मान्छे मर्छन्
जिन्दगानी हो पानी
जोगाऊँ भावी सन्तानलाई पानी…..

म्याग्दे २, जामुने फौज्दार गाउँ, तनहुँ

कमेन्ट्स
Loading...