सुचना, समाचार र मनोरन्जन

भारतीय सीमा सुरक्षा बलले हानेको गोली लागेर मृत्यु भएका शहिद गौतमको परिवारलाई ‘काँडेतार’को आर्थिक सहयोग

काठमाडौं :

फिल्म ‘काँडेतार’ टिम शहीद गोविन्द गौतमको घर कञ्चनपुरको पुनर्वास पुगेर उनको परिवारलाई आर्थिक सहयोग गरेको छ। उनीहरुरुले फिल्मको च्यारिटी प्रदर्शनबाट संकलित रकमबाट ५० हजार रुपैयाँ शहीद गौतमको परिवारलाई प्रदान गरेको हो।

फिल्मका निर्माता तथा निर्देशक नवल खड्काका अनुसार केही दिनअघि गौतमको पुनर्वासस्थित घरमा पुगेर सो रकम हस्तान्तरण गरिएको थियो। २०७३ फागुन २६ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली हानेर उनलाई मारेको थियो। भारतिय सुरक्षा बल र गाउनेबीच सीमा विवादमा भएको झडपमा गौतमलाई भारतयि सुरक्षा बलले गोली हानेको थियो।

फिल्म ‘काँडेतार’ फिल्म युनिटले यसअघि पनि गौतम परिवारलाई २६ हजार रुपैयाँ सहयोग गरेको थियो । आगामी फागुन २५ गते देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘काँडेतार’को विभिन्न ठाउँमा च्यारिटी शो भइरहेको छ। फिल्म हलमा लाग्नुअघि नै यो फिल्मको देशव्यापी च्यारिटी प्रदर्शनका लागि खड्काको टिम देश दौडाहामा निस्किएको हो। फिल्ममा नवल खड्काका अलवा थुप्रै नाम चलेका कलाकारहरुले अभिनय गरेका छन्। खड्काले यसअघि राष्ट्रप्रेममै आधारित भीमदत्त, दशगजा, आवाज जस्ता फिल्म निर्माण गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.