सुचना, समाचार र मनोरन्जन

यस्तो बन्यो ‘कैदीको पत्र’को ट्रेलर (भिडियो सहित)

काठमाडौँ : 

फिल्म ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बुधबार फिल्मको ट्रेलर युटुवमार्फत रिलिज गरेको हो । सनम कुमार बैरागले निर्देशन गरेको फिल्मको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको हो । दुई मिनेट ४७ सेकेण्ड लामो ट्रेलरमा एक युवकको कथा वरपर घुमेको छ। उसको प्रेम सम्बन्धमा आउने उतार चढावलाई फिल्ममा चित्रण गरिएको छ।

साहित्यकार स्व. ईश्वर मानन्धरले लेखेको फिल्ममा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।

दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता हुन् । यो फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ । सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको फिल्ममा गायक प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीले स्वर भरेका छन्।

कमेन्ट्स
Loading...