सुचना, समाचार र मनोरन्जन

आफु जीवनको सबैभन्दा मुस्किल अवस्थामा रहेको भन्दै सामाजिक सञ्जालबाट बाहिरिइन् काजोल

एजेन्सी :

बलिउड चर्चित अभिनेत्री काजोल देवगनले अचानक सोसल मिडियाबाट बिदा लिएकी छन् । उनले शुक्रबार आफ्नो सोसल मिडिया अकाउन्ट इन्स्टाग्राममार्फत आफु जीवनको सबैभन्दा मुस्किल अवस्थामा रहेको भन्दै बाहिरिएको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन् आफू जीवनको सबैभन्दा मुस्किल अवस्थाबाट गुज्रिरहेको अवस्था छ । के भएको छ भन्ने बारे उनले नलेखे पनि कालो ब्याकग्राउन्डमा क्याप्सन लेखेकी छन्।

उनले पटक पटक यसअघि पनि आफूले सोसल मिडियाबाट ब्रेक लिन लागेको जानकारी दिएकी थिइन् तर किन हो भन्ने प्रष्ट पारेकी छैनन्। उनको यो व्यवहारले काजोललाई मानसिक तनाव परेको हो कि भन्ने अनुमान भारतिय मिडियाहरुले लगाएका छन्।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds