सुचना, समाचार र मनोरन्जन

सूत्रकथा : गणतन्त्र

  •  
  •  
  •  
  •  

– एस के निधन

१. परिचय
नेपालको राष्ट्रिय पोशाक के हो ? – थाहा छैन ।
नेपालको राष्ट्रियगान कुन हो ? – थाहा छैन ।
नेपालको राष्ट्रिय चरा कुन हो ? – थाहा छैन ।
नेपालको मुख्य पेशा कुन हो ? – थाहा छैन ।
तिमीलाई मन पर्ने देश ? – स्विजरल्यान्ड ।
तिमीलाई मन पर्ने गीत ?– जनगनमन…..भारतमाता ।
साँच्चि तिमी को हौ त ? – नेपाली ।
के छ प्रमाण ? – नेपाली नागरिकता ।

२. नीति तथा कार्यक्रम
नेपाल सरकारले आयोजना गरेको गरीबहरूका लागि भोज समारोहबाट अलिपर बसेको एकजना भिकारीलाई भनियो, ‘ए भाइ, आजपनि के भिख मागिराख्या ? तिमीहरूकै लागि यति ठूलो भोजको आयोजना भैरहेको छ । जाऊ न गएर टन्न खाऊ ।’ आफ्नो मैलो कट्कटिएको र धुजाधुजा परेको कपडालाई मायालु आँखाले नियाल्दै उसले जवाफ दियो, ‘खै, राष्ट्रिय पोशाक नलगाएकालाई प्रवेश निषेध भनेका छने रे ।’

३. सरकारी सेवा
–ल, अब चिल्लो, पिरो, अमिलो प्रशस्त खाने, पानी कम पिउने ।
–मलाई खास के भएको रहेछ डाक्टर सा’ब ?
–अल्सर ।
–यी खानेकुरा किन त ?
–तपाईँको अल्सर बिगारेर क्यान्सर बनाउन ।
–हैन हजुर, म त उपचार गर्न आएको ।
–म उपचारकै क्रममा छु ।
–कसरी ?
–हाम्रोमा क्यान्सरको मात्रै औषधि छ ।

४.राजनीतिक गोप्यता
–तँलाई थाहा छ, रामले कहिलेकाहीँ चुरोट खान्छ नि
–होइन होला ।
–हो भन्या ।
–तिमीलाई कसरी थाहा भयो ?
–मलाई उसले सबै कुरा भन्छ ।
–खै १ मलाई त भन्दैन त ।
–तिमीलाई विश्वास गरेन होला ।
–तिमीलाई कसरी ग¥यो त ?
–गरिहाल्छ नि । म उसको सबै कुरा गोप्य राख्छु ।

५.राष्ट्रनिर्माण
खाना पकाउने विषयमा भएको लामो समयसम्मको बहस र चर्को विवादपछि श्रीमान् श्रीमती सहमतिमा पुगे सहकार्यको । श्रीमान्ले दाउरा खोजेर ल्यायो । श्रीमतीले आगो फुकी । श्रीमतीले कसौडी माझेर ल्याई । श्रीमान्ले खरानी लगाएर आगोमा बसाल्यो । श्रीमतीले पानी हाली ।
श्रीमान्ले चामल हाल्यो । एवम् रीतले भान्सा तयार पारे र स्वादिष्ट भोजनको लागि श्रीमान् श्रीमती बसे । बिडम्बना, भात अलि गिलो भएछ । श्रीमान्ले श्रीमतीलाई झपा¥यो– ‘कति धेरै पानी हालेकी ? अड्कल्न पनि आउँदैन ?’
श्रीमती पनि किन पछि पर्थी र ? उफ्रीहाली, ‘तिमीले चामल धेरै हाल्या भए पनि त हुन्थ्यो । ’
झगडाले यति विकराल रूप लियो कि दुबैजना भोकै सुते ।

६. प्रजातन्त्र
–आमा भोक लाग्यो ।
–बाबु, खाजा खाऊ ।
–खोइ खाजा ?
–घरभित्र छ ।
–खोइ घर ?
–बैंकले खायो ।
–खै बैंक ?
–नेताले डुबायो ।
–खोइ नेता ?
–अख्तियारले समायो ।
–खोई अख्तियार ?
–खारेज भो ।

– हाल : हेटौंडा

कमेन्ट्स
Loading...