सुचना, समाचार र मनोरन्जन

कलाकार संघको चुनावमा देखिएको माहोल,कोही फोटो खिच्ने,कोही सेल्फी हान्ने (हेर्नुस फोटोमा)

काठमाडौँ  :

नेपाल चलचित्र कलाकार संघको १९ औँ महाधिवेशन भव्य भइरहेको छ । यहि महाधिवेनबाट आगामी तीन वर्षका लागि संघको नयाँ कार्यसमिति चुन्नका लागि कलाकारहरुको भिड लागेको छ ।

अध्यक्ष पदका लागि कलाकार तथा निर्देशक मोहन निरौला र अभिनेत्री रेजिना उप्रेतीको प्रतिष्पर्धा रहेको छ । अध्यक्ष लगायत विभिन्न पद गरेर १७ सदस्यीय कार्यसमितिका लागि ४४ जनाले सहभागीता जनाएका छन्।

महाधिवेशन स्थलमा भोट हाल्ने क्रम जारी रहेको छ। अधिकांश नयाँ सदस्यले चुनावका विभिन्न पदमा सहभागी जनाएको भन्ने कुरा समेत चुनावस्थलमा उठेको थियो। संघको महाधिवेशन तथा चुनावको रौनक यस्तो छ।

फोटो : सुरेन्द्र थापा

कमेन्ट्स
Loading...