सुचना, समाचार र मनोरन्जन

कालिको ‘सुन बाटुली’मा निश्चल र स्वस्तिमाको डान्स

काठमाडौ । नेपाल आइडलका कोज कालीप्रसाद बास्कोटाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उनको आफ्नै स्वर तथा शब्द रचनामा रहेको ‘सुन बाटुली’को म्युजिक भिडियो सहित भएको हो ।

ब्ल्याक हर्स पिक्चर्सको प्रस्तुतिमा म्युजिक भिडियो ’सुन बाटुली’ मा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमालाई देख्न सकिन्छ । गीतको भिडियोलाई ब्ल्याक हर्सकै आधिकारिक युट्युब मार्फत रिलिज गरिएको छ ।

यस गीतको संगीत संयोजन जोशुवा भोलानको रहेको छ भने गीतको भिडियोलाई दीर्घ खड्काको सम्पादन गरेका छन् । भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । भिडियोलाई अभिनेता निश्चल आफैले निर्देशन गरेका छन् ।

कमेन्ट्स
Loading...