सुचना, समाचार र मनोरन्जन
Election Commission V2

विवाह बन्धनमा बाँधिए कमल खत्री र मेलिना

काठमाडौं :

गायक तथा संगीतकार कमल खत्री र गायिका मेलिना मैनाली वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले आइतबार बडादशैंको फूलपातीको दिन विवाह गरेका हुन् ।

उनीहरुको विवाआ दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले विहे गरेको कमलले बताए । विवाहमा लाग्ने खर्च पनि गरिब तथा असहायलाई सहयोग गर्ने जानकारी दिएका छन् ।

उनले भनेका छन्,‘जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार विवाह गरेका छौं ।’
उनले आफ्ना आफन्त तथा शुभचिन्तकहरु सबैमा विजया दशमीको शुभकामना ।,’ कमलले फेसबुकमा लेखेका छन् । उनले आफ्नो वैवाहिक कार्यक्रमको भिडियो समेत युट्युबमा सार्वजनिक गरेका छन् ।

कमेन्ट्स
Loading...