सुचना, समाचार र मनोरन्जन

मेक्सिको र ब्राजिलमा ‘क्यामिनो’को सुटिङ नहुने, भिसा नलागेपछि फिलिपिन्समै खिच्नुपर्ने बाध्यता

काठमाडौं :

प्रदीप खड्का स्टारर फिल्म ‘क्यामिनो’को मेक्सि र ब्राजिलमा सुटिङ गर्ने सपना अधुरै रहने भएको छ । निर्माण टिमलाई भिसा नलागेपछि मेक्सिकोमा सुटिङ गर्ने निर्माण टिमेको सपना अधुरो रहेको हो ।

पैदलै दक्षिण अमेरिकी मुलुक हुँदै अमेरिका प्रवेश गर्नेको कथावस्तुमा बन्न लागेको फिल्मलाई दीपक वलीले निर्देशन गर्दैछन्।
उनका अनुसार भिसा समस्याले ती मुलुकमा गर्ने भनिएको छायांकन रोकिएको हो । अब उताको लागि छायांकन नभएता पनि दक्षिण अमेरिकी मुलुकको कथावस्तुको सिन फिलिपिन्समै खिचिने भएको छ ।

निर्माण पक्षले फिल्मको छायांकन निकै ढिला भएपछि आगामी असार १५ गतेदेखि नै फिलिपिन्समा सुटिङ गर्ने तयारीमा छ ।
निर्देशक वलीले कुराकानीका क्रममा भने,‘ब्राजिल र मेक्सिकोको टापु र जंगलको दृश्य अब फिलिपिन्समै खिच्ने तयारीमा छौ । अब यी दुई मुलुकमै सुटिङ हुनेछ । दक्षिण अमेरिकाको भिसा कुर्दा र तयारी गर्दा निकै ढिलो हुने देखियो ।’

फिल्ममा प्रदीपसहित नीति शाह, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, रविन्द्र झा, प्रवीण खतिवडाको मुख्य भुमिका रहनेछ ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds