सुचना, समाचार र मनोरन्जन

पैसा नपाएपछि धमाधम कलाकारले छाड्दै ‘द कपिल शर्मा शो’

एजेन्सी :

भारतिय रियालिटी शो ‘द कपिल शर्मा सो’ बेला बेलामा विवादमा पर्दै आएको छ । भारत तथा नेपालका दर्शकले समेत मन पराएको लामो समयदेखि दर्शकलाई मनोरञ्जन दिदै आएको यो शो पारिश्रमिककै कुराले विवादमा मुछिने गरेको छ ।

यसका अधिकांश कलाकारहरुले पैसा नपाएकै कारण शो छोड्ने गरेका छन् । हालै मात्र ‘द कपिल शर्मा सो’ बाट सिद्धार्थ सागरले कार्यक्रम छाडेका छन् । इटाइम्सको रिपोर्ट अनुसार सिद्धार्थ सागरले ‘द कपिल शर्मा सो’ लाई बाई भनेको खबर छ ।

यो शो बाट बाहिरिनेमा सिद्धार्थ सागर भन्दा अघि भारती सिंह, कृष्णा अभिषेक, सुनिल ग्रोवर, अली असगर, उपासना सिंह र चन्दु चायवालाको भूमिका निभाउने चन्दन प्रभाकर रहेका छन् ।

कमेन्ट्स
Loading...