काठमाडौं :
निर्देशक भुपेन्द्र गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कप्टी’ को पहिलो स्पेसल शो बेलायतमा हुने भएको छ । निर्माण पक्षले बुधवार एक पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको हो ।
चलचित्रलाई आगामी १९ जुन २०२२, सामुएल कोडी स्पोर्ट्स कलेज ब्यालान्टाइन रोड फर्नबरो जि यु फोटिन एट एस एन मा प्रदर्शन हुनेछ । उक्त स्पेशल शोमा चलचित्रका शेर बहादुर गुरुङ उर्मिला गुरुङ ,उमेश गुरुङ ,स्मृति बलामी ,गिरी प्रसाद पुन ( लाहुरे दाई ) केशब राई ,सोनी गुरुङ लगायत स्थानिय कलाकारको उपस्थिति रहने छ ।

सोलुखुम्बुको जुबु,मैदेल गाउँ, गोकियो रि,कालिन्चोक ,लम्जुङको डाँडाथोक गाउँ र इलाममा चलचित्रलाई छायांकन गरिएको थियो । आफ्नै मौलिकपन बोकेको चलचित्रलाई मदन काश्यप घिमिरेले खिचेका हुन भने सम्पादन बन्दे प्रसादको छ । समिर मिँयाको कलर र भी एफ एक्स, आश्रम गुरुङको छ भने चलचित्रका गीतमा शब्द संगीत गायक गायिका आर के नेपाली, धर्मेन्द्र सेवन, मेलिना राईको छ । चलचित्रलाई मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र अमेरिका निवासी मनिता गुरुङले लगानी गरेका छन् भने र सह निर्मातामा नातीकाजी गुरुङ जोडिएका छन् ।