सुचना, समाचार र मनोरन्जन

जबरजस्ती करणी गरेको अभियोगमा होटल संचालक सहित ३ जना पक्राउ

मोरङ । मोरङको सुन्दरहरैचामा बेलबारी बस्ने एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । प्रहरीले सुन्दरहरैचा नगरपालिका ४ बलिया स्थितमा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जवरजस्ती करणी गरेको अभियोगमा सोही होटल संचालक सहित ३ जनालाई पक्राउ गरेको हो ।

British college

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया चौकका होटल संचालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ बर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् । गत ७ गते साँझ ५ बजे ईटहरीबाट घर फर्कने क्रममा उनीहरुले गछिया खोलाको पुल नजिकबाट घर पुर्याईदिन्छु भन्दै ति महिलालाई गाडीमा चढाएर होटलमा पुर्याई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटना भएको भोली पल्ट अर्थात ८ गते सो घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुसँगै रहेका अर्का बलात्कार आरोपित राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी भने फरार भएका थिए । फरार रहेका नेपालीलाई प्रहरीले गत ११ गते ईलाम सुर्योदय नगरपालिका १२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा १ नं प्रदेश प्रहरी कार्यालय आरआइटी र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनि कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

कमेन्ट्स
Loading...