सुचना, समाचार र मनोरन्जन

लुम्बिनी प्रदेश स्काउट समिति पदाधिकारीको दीक्षान्त तथा सपथ ग्रहण कार्यक्रम सम्मपन्न

काठमाडौं ।

लुम्बिनी प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरूको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह भव्यताका सम्मपन्न भएको छ ।

प्रदेशका माननीय मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक श्री शंकर पोखरेल तथा माननीय सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट शुदर्शन बरालको समुपस्थितिमा नवनियुक्त लुम्बिनी प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरूको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह भव्यताका सम्मपन्न भएको हो ।

प्रदेश राजधानी बुटवलमा आज आयोजित समारोहमा नेपाल स्काउटका राष्ट्रीय संयोजक श्री लोक बहादुर भण्डारीले प्रदेश स्काउट संरक्षक माननीय मुख्यमन्त्री तथा प्रदेश प्रमुख स्काउटलाई स्काउटको दीक्षा प्रदान गरेका थिए ।

यस्तै नवनियुक्त प्रदेश स्काउट सल्लाहकारका साथै प्रदेश स्काउटका संयोजक तथा सदस्यहरूलाई प्रमुख स्काउटले स्काउट दीक्षासँगै पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

British college

कार्यक्रममा सभापतित्व ग्रहण गर्दै राष्ट्रीय संयोजक श्री लोक बहादुर भण्डारीले नेपाल स्काउट, लुम्बिनी प्रदेश स्काउट तदर्थ समितिले सबै पुराना स्काउट अग्रजहरूको सल्लाह सुझाव र प्रदेश सरकारको मार्गनिर्देशनका आधारमा अघी बढ्नु पर्नेमा जोड दिए ।

आफ्नो मन्तव्यको क्रममा प्रदेश सांसद माननीय भूमिश्वर ढकालले लुम्बिनी प्रदेश सरकारले स्काउट अभियानमा भरपूर लगानी गर्नुपर्ने धारणा व्यक्त गरे ।

माननीय प्रमुख स्काउट सुदर्शन बरालले प्रदेशका सबै बिध्यालय र आम बालबालिका तथा युवाहरूमा स्काउट शिक्षा पूर्याउन आफू पूर्ण प्रतिवद्ध रहेको उद्धोश गरे ।

कार्यक्रममा आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै माननीय मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक श्री शंकर पोखरेलले लुम्बिनी प्रदेशका १०९ वटै पालिका सम्म सकाऊटिंग अभियान बिस्तार गर्ने कार्य तुरन्त अघी बढाउन नवगठित समितिलाई निर्देशन दिए ।

मन्तव्यकै क्रममा माननीय मुख्य मन्त्रिले प्रदेश स्काउट संचालनको लागी यस आर्थिक आवश्यक अनुदान रकम बिनियोजन गरिएको समेत जानकारी गराउनु भयो ।

नेपाल स्काउटले युवा नेतृत्व दीनानाथ भट्टराईको संयोजकत्वमा गत कार्तिक ०६ गते १५ सदस्यिय लुम्बिनी प्रदेश स्काउट तदर्थ समिति गठन गरेको थियो ।

कमेन्ट्स
Loading...