सुचना, समाचार र मनोरन्जन
kumdini

यस कारण कानुनी उपचार खोज्ने तयारी छिन् करिश्मा ?

काठमाडौं :

सदावहार अभिनेत्रीका रुपमा परिचित करिश्मा मानन्धरले एमाले पार्टी प्रवेश गरेपछि धेरै जसो सामाजिक सञ्जालमा गाली गलौजको शिकार बनिरहेकी छन् ।

British college

एमाले अध्यक्ष केपी शर्मा ओलीले केहि महिना अघि आफ्नो पार्टीमा मानन्त्ररलाई प्रवेश गराएका थिए । उनले बोलेका हरेक बोलीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले खेदो खन्ने काम गरिहेका थिए ।

तर, गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको विषयलाई लिएर उनलाई अनेक लान्छाना केहि अनलाईनले लगाएपछि उनी आक्रोशित बनेकी छन् ।
उनले आफ्नो चरित्रहत्या गर्नेगरी कतिपय अनलाइन सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले त्यसको कानुनी उपचार खोज्ने जनाएकी छन् ।

करिश्मा बसोबास गर्ने एरियामा ललितपुरको गोदावरी नगरपालिकामा नेकपा एमालेले चुनाव हारेपछि उनलाई केहि अनलाइन सञ्चारमाध्यमले ‘करिश्मा जुन पार्टी प्रवेश गर्छिन्, त्यो पार्टी पत्तासाफ’ भन्ने खालका समाचारको हेडलाइन सहित पोष्ट गरेपछि यसको कानुनी उपचारमा लागेकी हुन् । उनले हालै नेपाल प्रेस काउन्सिललाई समेत यस बारेमा जानकारी गराएको उल्लेख गरेकी छन्।

कमेन्ट्स
Loading...