सुचना, समाचार र मनोरन्जन

कास्की आदर्श समाज युएईको चौथो महाधिवेशन सम्पन्न, अध्यक्षमा राजेश श्रेष्ठ निर्विरोध चयन

पोखरा / 

कास्की आर्दश सेवा समाज युएईको छैठौं वार्षिक साधारण सभा तथा चौथो महाधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका अध्यक्ष गोविन्द पौडेलले युएईको राष्ट्रिय समितिको सहकार्य, ऐक्यवद्धता र साथका लागि धन्यवाद प्रकट गर्दै विश्वभरि छरिएर रहेका कस्केलीको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमानको गुञ्जन सहित स्थापित परिषद्ले समृद्ध कास्की बनाउन कस्केली मन एकजुट हुनुपर्ने बताए । पौडेले समाजले गर्ने काम कस्केलीका लागि मात्रै नभएर समग्र नेपालीका लागि गर्न जोड दिए ।

शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले कोरोना कहरमा संस्थाले युएईमा खेलेको भूमिकाप्रति प्रशंसा गरेका थिए । वैदेशिक रोजगारीका क्रममा प्रवासमा रहँदा सामाजिक संस्थाको महत्व र आवश्यकता महसुस हुने भएकाले समाज प्रवासमा रहँदाको घर भएको बताए । कोभिड–१९ का कारण भर्चुअल रूपमा सम्पन्न भएको महाधिवेशनमा कोरोना भाइरसका कारण मृत्यु भएका नेपाली दाजुभाई दिदीबहिनीको संझनामा मौन धारण गरिएको थियो ।

समाजले दुई वर्षको कार्यकालमा युएई र गृह जिल्ला कास्कीमा करिब ९ लाख रूपैया बराबरको आर्थिक सहयोग र मानवीय उद्धार, खेलकुद र साँस्कृतिक कार्यक्रमहरू सम्पन्न गरेको छ । संस्थाका उपाध्यक्ष सुरेन्द्र जिसीले प्रवासको व्यस्ताता र कोरोनाकालीन विषम् परिस्थितिमा पनि उपस्थिति जनाउने नेपाली मन प्रति धन्यवाद र आभार प्रकट गरेका थिए ।

समाजका अध्यक्ष केदार कुँबरको अध्यक्षतामा सम्मन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष राजेश श्रेष्ठले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए भने महासचिव शिवराज बस्ताकोटीले कार्यक्रम सञ्चालन गरेका थिए ।

बन्द शत्रमा समाजका कार्यवाहक महासचिव शिवराज बस्ताकोटीले सामाजिक प्रतिवेदन, कोषाध्यक्ष चन्द्रमोहन आचार्यले आर्थिक प्रतिवेदन, विधान संशोधन उपसमितिका संयोजक कुमार सैंजूले विधान संशोधनको प्रस्ताव पेश गरेका थिए ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालसँग सहकार्यका लागि विधान संशोधनको प्रस्तावलाई सर्वसहमतिले पारित गरिएको थियो । महाधिवेशनले संस्थाको नाम संशोधन गरी कास्की आदर्श समाज युएई पारित गरेको छ । प्रस्तुत गरिएका प्रतिवेदनमाथि अनुगमन समितिका संयोजक हंषराज ढकालले सुझाव राखेका थिए ।

महाधिवेशनले राजेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वारोध चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, उपाध्यक्षहरूमा बलराम अधिकारी, सोमबहादुर खवास, महिला उपाध्यक्षमा शोभा शर्मा, महासचिवमा शिवराज वस्ताकोटी, सचिवमा सुशिला गुरुङ, कोषाध्यक्षमा विजय त्रिपाठी, सहकोषाध्यक्षमा मनु गुरुङ श्रेष्ठ, सदस्यहरूमा सागर श्रेष्ठ, अर्जुन बसौला, अर्जुन पौडेल, शिव ढुंगाना, र किरण ढकाल चयन भएका छन् । रिक्त सदस्यहरू कार्यसमितिले मनोनयन गर्ने छ । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि गोविन्दप्रसाद पौडेलले सपथ ग्रहण गराएका थिए । निर्वाचन समितिका संयोजक गुप्तशेखर पौडेल थिए ।

कार्यक्रममा नेपाली समाज युएईका पूर्व अध्यक्ष तथा कास्की आदर्श समाज युएईका संस्थापक संरक्षक कृष्णबहादुर ढकाल, कास्की समाज कतारका अध्यक्ष हेमबहादुर विक, तमु प्ये ल्हु संघ यूएईका अध्यक्ष भीम तमु, नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानीप्रसाद तिमिल्सिना, लम्जुङ सम्पर्क समिति युएईका अध्यक्ष बाबुराम सापकोटा, नेपाली समाज युएईका पूर्व अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, कास्की आदर्श युएईका निवर्तमान महासचिव विकास अधिकारीले निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

कमेन्ट्स
Loading...