सुचना, समाचार र मनोरन्जन

दर्शकमाझ लोकप्रिय हुँदै ‘कथा यस्तो पनि’

काठमाडौं : 

श्री क्रान्ति भैरव मिडियाको प्रस्तुति रहेको वेभ सिरिज ‘कथा यस्तोपनि…’ २१ भाग पुगेको छ । सोही अवसर पारेर निर्माण टिमले एक कार्यक्रमको आयोजना गरी युनिटका कलाकार, प्राबिधिक बीच आपसमा खुशी साटासाट गरेका छन् ।

सिरियल एउटा उचाईमा पुगेको भन्दै सिरिजलाई अझ सशक्त रुपमा अगाडी बढाउने लेखक, निर्देशक रामभक्त श्रेष्ठले बताए । समसामयिक बिषयवस्तुमा आधारित ‘कथा यस्तोपनि…’ लोकप्रिय बन्दैछ र दर्शकहरुको मनजित्दै गईरहेको निर्देशक श्रेष्ठको भनाईछ ।

यसमा शिभन श्रेष्ठ, रबि खड्का, रत्य श्रेष्ठ,दीपक खड्की, बिन्दिया शाही, नियुक्ती कान्जी शेर्पा, दिक्षा दाहाल, दिकुमार श्रेष्ठ, समिर श्रेष्ठ, विष्णु श्रेष्ठ, हरिचन्द्र फुयाल, देव महर्जन, राम प्रसाद कोइराला, बिके दोङ, बिरोज दोङ, सोनाम लामा, अशोक बमजन, सुनिता थापा, केदार खड्का, सपना शाही ठकुरी, अनिता लामा, प्रकाश खतिवडा, गोपाल मुक्तान, रामभक्त श्रेष्ठको अभिनय रहेको छ भने श्रृंगार रबि केसी, छायांकन अरुण मगर, अनिल खड्का, द्धन्द देव महर्जनको रहेको छ ।

कमेन्ट्स
Loading...