सुचना, समाचार र मनोरन्जन

सेन्सर पास नभएपछि रोकिएको फिल्म ‘कौसीद’ फेरि चल्यो

काठमाडौं :

अभिनेत्री ऋचा शर्मा र कलाकार भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘कौसीद’ सेन्सर पास भएको छ। ऋाजबाछ प्रदर्शनमा आएको फिल्मलाई सेन्सर बोर्डले रोकेको थियो।

सेन्सर बोर्डका कर्मचारी र निर्माणपक्षबीच बसेको बैठकले फिल्ममा रहेको घुसको सिनलाई काटेपछि प्रदर्शनलाई अनुमति पाएको हो। फिल्मको सेन्सर रोकिदा बिहानी सबै शोजहरु रद्द भएका थिए।

परिचयसँग कुराकानी गर्दै निर्माता भुसालले फिल्ममा समावेश अन्तिम सिनमा घुस खाएपछि मात्रै सहज जीवन चल्छ भन्ने सन्देश दिएको थियो। सोही दृश्यका कारण बोर्डले आपत्ती जनाएको जानकारी दिए।

उनले भने,‘फिल्मको अन्तिम दृश्यमा शिक्षकले घुस खाने दृश्य र सम्बाद रहेको थियो।यसलाई रि–सुट गर्न बोर्डले भनेपछि हामीले मानेनौ । किनभने यो सम्भव पनि थिएन। त्यस कारण हामीले त्यो दृश्य हटाएपछि फिल्म सेन्सर पास भएको हो।’

फिल्ममा बैंकबाट ऋण लिएपछि एउटा परिवारले भोग्ने समस्याको कथा पेश गरिएको छ । फिल्मलाई कुमार भाष्करले निर्देशन गरेका छन्।

Leave A Reply

Your email address will not be published.